२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय सभा निर्वाचनः स्वतन्त्र जितेका जनप्रतिनिधिको नो भोट

११ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मतदानको समय सकिएको छ। बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको थियो।

सो अवधिमा प्रदेश सभाका सदस्य र स्थानीय सरकार प्रमुख/ उपप्रमुखहरूले मतदान गरेका छन्।तर, स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जनप्रतिनिधिहरू बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालले भने भोट दिएनन्।

काठमाडौं महानगरपालिकाका मेयर बागमतीका मतदाता हुन्। उपमेयर सुनिता डंगोल मतदान गर्न हेटौंडा गए पनि मेयर बालेन शाह भने गएनन्।

उनी कार्यव्यस्तताका कारण मतदान गर्न नगएको बालेनको सचिवालयले जानकारी दिएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि मतदान गर्न गएनन्। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल पनि कार्यव्यस्तताका कारण मतदानमा सहभागी नभएको उनको सचिवालयले जनाएको छ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि