५ फाल्गुन २०८२, मंगलवार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मतदानस्थल बाहिर पुस्तक बेच्दै महावीर पुन

११ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर-७, स्थित प्रदेश निर्वाचन कार्यालयको प्राङ्गनमा राष्ट्रि सभाको सदस्य चुन्नका लागि मतदान जारी रहँदा वैज्ञानिक महावीर पुन आफ्नो पुस्तक बेचेका छन् । बिहिबार बिहानैदेखि मतदानस्थल बाहिर महावीर पुनको पुस्तक किन्ने र उनीसंग फोटो खिचाउँनेको भिड लागेको थियो।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रेहका पुनले आफनै आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ विक्री गरेका हुन् । किताब बिक्री गर्दै सल्यान, रुकुम पश्चिम हुँदै बुधबार सुर्खेत आइपुगेका पुनले बिहीबार राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न आउँने जनप्रतिनिधिहरुलाई लक्षित गरी पुस्तक बिक्रिमा राखेका थिए ।

महावीर पुन वैज्ञानिक भनेर पनि चिनिन्छन् । नवप्रतिभाहरुको लागि ‘रोलमोडल’ नै रहेका उनीसँग भेट्ने जो कोहीले किताब किनेर फोटो खिचाउँन थाल्छन् ।बिहीबार पनि मतदान गरेर आएका जनप्रतिनिधि, मतदानस्थल बाहिर रहेका कर्मचारी र राजनीतिमा आवद्ध व्यक्तिहरु महावीरको पुस्तक किन्दै उनिसँग फोटो खिचाएका थिए ।

महावीर पुनले बुधबार र बिहीबार मात्रै सुर्खेतमा झण्डै १३ सय पुस्तक बिक्री गरेको बताए । ‘हिजो बेलुकासम्म ९५० पुस्तक विक्रि गरेको थिए । आज बिहानैबाट साढे तीन सय जति बिक्री भयो होला’ पुनले भने, ‘करिब ३ लाख पुस्तक विक्रि गर्ने हाम्रो लक्ष छ ।’

किताब बेच्दै, किताबमा हस्ताक्षर गर्दै, धमाधम पाठकहरुसँग फोटो खिच्दै गरेका पुनलाई हामीले प्रश्न गर्‍यौँ, ‘तपाईं आफैँ किन यसरी किताब बेच्दै हिँड्नुभएको नि ?’ जवाफमा पुनले भने, ‘सरकारले वर्षौदेखि बन्द रहेको वीरगञ्जको कृषि औजार कारखाना जिम्मा लगाइदिएको छ । त्यसैको मर्मत र व्यवस्थापनका लागि पैसा बनाउँन किताब बेच्दै हिडेको ।’

त्यो कारखाना मर्मतको लागि एक पटकलाई सरकारले आवश्यक परेको रकम उपलब्ध गराउने सम्झौता गरिएको छ । तर, सरकारले दिएको पैसाले मात्र पुग्ने अवस्था नभएपछि आफनै जिवनी प्रकाशनमा ल्याएर रकम जुटाई रहेको पुनले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि