१४ चैत्र २०८२, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

इन्द्रसरोवर–३ सिस्नेरीमा राप्रपाको वडास्तरीय प्रचारप्रसार समिति गठन

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी गतिविधि तीव्र बनाएको छ । यसैक्रममा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३ सिस्नेरीमा भेटघाट तथा प्रचारप्रसार समिति गठन गरिएको छ ।

राप्रपाका तर्फबाट उम्मेदवारी दिएका रामबहादुर थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट लक्ष्मी नगरकोटीको संयोजकत्वमा वडास्तरीय प्रचारप्रसार समिति गठन गरिएको हो। समितिको सहसंयोजकमा शिव नगरकोटी र सचिवमा सुमन नगरकोटी चयन भएका छन्। सदस्यहरूमा सुमित्रा नगरकोटी, गीताकुमारी थापा, प्रमिला नगरकोटी, मञ्जरी नगरकोटी, सबिना नगरकोटी र चिनीमैया नगरकोटी रहेका छन्।

भेलामा आगामी दिनमा सञ्चालन गरिने प्रचारप्रसार कार्यक्रम, घरदैलो अभियान तथा मतदाता भेटघाटलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिएको थियो। वडास्तरबाटै संगठित रूपमा अभियान सञ्चालन गर्ने लक्ष्यसहित समिति गठन गरिएको जनाइएको छ ।

चुनावी मैदानमा उत्रिएपछि उम्मेदवार थोकरले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ सल्ले, वडा नम्बर–३ सिस्नेरी, कुलेखानी, कलंकी, मार्खु, थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङलगायत स्थानमा स्थानीय नागरिकसँग भेटघाट र संवाद गरिसकेका छन्। उनले मतदाताका धारणा सुन्ने, समस्या बुझ्ने र आफ्नो राजनीतिक प्रतिबद्धता स्पष्ट गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन्।

उम्मेदवार थोकरले घरदैलोका क्रममा प्राप्त सुझाव र धारणालाई आगामी राजनीतिक भूमिकामा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै आफू सधैं जनताको मुद्दा बोकेर अघि बढ्ने स्पष्ट पारे। उनले सिस्नेरी क्षेत्रका बाढीपीडितको पक्षमा सदनमा आवाज उठाउने र सिस्नेरी बजारलाई पुरानै अवस्थामा फर्काउने वाचा गर्दै मतदातासँग समर्थनको अपिल गरेका छन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि