२१ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

मानवसेवा आश्रमद्वारा एकै दिन ५ जनाको उद्धार, १ जना आश्रितकाे  पुनर्मिलन

काठमाडौँ । मानवसेवा आश्रमका देशभर रहेका विभिन्न शाखाहरूले शनिबार २ जना पुरुष र ३ जना महिला गरी जम्मा ५ जनाको उद्धार गरेका छन्। त्यसैगरी आश्रमकाे धरान शाखाले शनिबार उद्धार भएकी ४७ वर्षीय मैया वि.कको पारिवारिक पुनर्मिलन गराएकाे छ ।

शनिबार आश्रमका विभिन्न शाखाहरूमा २५ वटा भोजनसेवा र १४ वटा खाजा सेवा सम्पन्न भएका छन्। सोही दिन विभिन्न अवसरमा मनकारी दाताहरूबाट प्राप्त आर्थिक सहयोगमार्फत आश्रमलाई कुल ९ लाख २६ हजार १ सय ७ रुपैयाँ सेवा योगदान प्राप्त भएको छ भने उक्त दिन आश्रमको सेवा सहजीकरणका लागि ७९ हजार १७४ रुपैयाँ खर्च भएको आश्रमले जानकारी दिएकाे छ ।  त्यसैगरी शनिबार देशभर रहेका आश्रमका विभिन्न शाखाहरूमा ५ सय ५ जनाले अवलोकन तथा भ्रमण गरेका छन्।

आर्थिक सहयोगसँगै खाद्यान्न, सामग्री तथा अन्य सेवा सहयोगमार्फत शनिबार आश्रमलाई १ लाख ५७ हजार ३ सय ९७ रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ।

मानवसेवा आश्रमले देशभर २९ शाखामार्फत सहयोगापेक्षी, बेसहारा तथा असहाय मानवहरूको उद्धार, संरक्षण, उपचार र सम्भव हुनेहरूकाे पारिवारिक पुनर्मिलन कार्य निरन्तर रूपमा गर्दै आइरहेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि