१२ माघ २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

मानवसेवा आश्रमद्वारा शनिबार ५ जनाको उद्धार, १ जनाको पारिवारिक पुनर्मिलन

काठमाडाैँ ।  मानवसेवा आश्रमका विभिन्न शाखाले शनिबार ५ जनाको उद्धार तथा १ जनाको पारिवारिक पुनर्मिलन गराएका छन्। आश्रमका रानीवन, चितवन, हेमजा, रौतहट र तिलोत्तमा शाखाले एक/एक जना गरी ४ जना महिला र १ जना पुरुषको उद्धार गर्न सफल भएका हुन्।

शनिबार आश्रितहरूको स्वास्थ्य, भोजन तथा समग्र सेवा सहजीकरणका लागि विभिन्न दाताहरूबाट उल्लेखनीय सहयोग प्राप्त भएको छ। साेही अनुसार आश्रमलाई  १६ लाख ४६ हजार ६ सय ६२ रुपैयाँ बराबरको सेवा योगदान प्राप्त भएको छ भने आश्रितहरूको सेवामा २५ हजार ३ सय ५ रुपैयाँ बराबरको खर्च गरिएको आश्रमले जनाकारी दिएकाे छ ।

सोही दिन आश्रमका विभिन्न शाखामा बिहान र बेलुका गरी ४७ वटा भोजन सेवा तथा ११ वटा खाजा सेवा सम्पन्न भएका छन्। मानवता अध्ययन तथा सामाजिक सेवाप्रति चासो राख्ने ३ सय ८७ जनाले आश्रमका विभिन्न शाखाको अवलोकन गरेका छन्। यस क्रममा आश्रमलाई ३ लाख १ हजार ४ सय १७ रुपैयाँ बराबरको जिन्सी सामग्री समेत प्राप्त भएको छ।

हाल मानवसेवा आश्रमले देशभर २९ वटा शाखा सञ्चालन गर्दै सडकमा अलपत्र परेका मानवहरूको उद्धार, उपचार, संरक्षण तथा सम्भव हुनेहरूको पारिवारिक पुनर्मिलनमार्फत मानवीय सेवाको सशक्त उदाहरण प्रस्तुत गर्दै आइरहेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि