१२ माघ २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

बेलायत प्रवास समिति गठनपछि कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला

काठमाडौं । उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङले प्रवासमा रहेका नेपालीहरूसँग आसन्न निर्वाचनको विषयमा छलफल गरेका छन् । आइतबार बिहान जुममार्फत गरिएको छलफलमा अमेरिका, बेलायत, जापानमा रहेका प्रवासी नेपालीहरू सहभागी थिए ।
अध्यक्ष घिसिङले निर्वाचनमा विदेशमा रहेका नेपालीहरूलाई नेपालमा रहेका आफन्तहरूलाई उज्यालो नेपालको चुनाव चिन्ह चिममा भोट गर्नु अनुरोध गर्न आव्हान गरे । नेपालीहरूको लागि परिणाम दिन सक्ने पार्टी उज्यालो नेपाल भएकोले जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्न अध्यक्ष घिसिङले अनुरोध गरे ।
प्रवासमा रहेका नेपालीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको पार्टी मिलनले उज्यालो नेपाल पार्टीलाई घाटा पु¥याएको गुनासो गर्दै अब त्यस्तो विवादास्पद पार्टीसँग सहकार्य नगर्न सुझाएका छन् ।
पार्टी स्थापनाको २ महिनामा नै पार्टीले गति लिई सकेको हुनाले एउटा वैकल्पिक शक्ति निर्माणका लागि मेची महाकाली यात्रा गर्न र इमानदारी पूर्वक सक्रिय भएर लाग्न सुझाव दिएका छन्। मिटिङमा प्रचलित विश्वविद्यालय हार्वर्ड, एमआइटी लगायत युनिभर्सिटीमा कार्यरत प्रोफेसर तथा विद्धानहरू तथा स्थापित व्यवसायीहरू सहभागी थिए ।
सहभागीहरूले पार्टीलाई स्थापित गर्न र नेपाली भूमिलाई सहयोग गर्न आफूहरू सधैँ तयार रहेको बताएका थिए । उनीहरूले चुनावमा ठुलो मात्रामा आर्थिक खर्च लाग्ने भए पनि विवादित र भ्रष्टहरूसँग चन्दा नलिन पनि सुझाव दिएका छन् ।
मिटिङबाट भगवान श्रेष्ठको संयोजकत्वमा उज्यालो नेपाल प्रवास समिति बेलायत घोषणा भएको छ । जसमा प्रज्वल र पुष्कल श्रेष्ठ लगायत सदस्य छन् । यही अन्य सहभागीले प्रवासमा रहेका नेपालीहरूलाई समेटेर जानको लागि इच्छादेखाउँदा युरोपेली देश र अमेरिकामा पनि प्रवास कमिटी गठन गर्ने तयारी गरिरहेको उज्यालो नेपाल पार्टीका प्रवक्ता डा.राजु थापाले जानकारी गराए।
अमेरिकामा रहेका डा.विष्णु जोशी र बेलायतमा रहेका एलएन पाण्डेले उज्यालो नेपालसँगको जुम मिटिङको संयोजन गरेका हुन् । मिटिङमा अमेरिकाबाट डा। विष्णु जोशी, डा.रञ्जन मिश्र, डा.सुदिप पंगेनी, प्रजल ढकाल, प्राध्यापक गोपी उप्रेती, कुमार सिंह डाँगी, गोविन्द न्यौपाने, एपी लामा शेर्पा सहभागी थिए ।
त्यस्तै बेलायतबाट भगीरथ योगी, एलएन पाण्डे, भगवान श्रेष्ठ, प्रज्वल, पुष्कल श्रेष्ठ सहभागी थिए । त्यस्तै जापानबाट रमेश थापा, उज्यालो नेपालबाट अध्यक्ष घिसिङ, डा। राजु पाण्डे, डा। महेन्द्र लावती, अनुप उपाध्याय, केदार खड्का सहभागी थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि