११ माघ २०८२, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

शंखुवासभा पुगेका बालेनले मागे मिङ्मा शेर्पालाई भोट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले संखुवासभामा रहेको रास्वपाका उम्मेदवार मिङ्मा शेर्पालाई साथ सहयोग गरेर जिताउन आग्रह गरेका छन् ।
जिल्ला भ्रमणको क्रममा शंखुवासभा पुगेका उनले संखुवासभामा पर्यटन र कृषि विकास गरेर नेपालको मात्रै होइन बाहिरका मान्छेलाई पनि यो क्षेत्रमा ल्याउनको लागि रास्वपाको उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । .
उनले भने, ‘म संखुवासभा पहिलो पटक आएको हो । म जसरी यहाँ आइपुगेको छु, त्यसैगरि अन्य नेपाली जनतालाई पनि यहाँ आउने बाटो खुलाई दिनु होला । यहाँको पर्यटन विकास गरेर, कृषि विकास गरेर नेपालको मात्रै होइन बाहिरको मान्छेले पनि यहाँ आउने मौका पाओस त्यसको लागि राम्रो उम्मेदवार हामीले यहाँको लागि छनोट गरेका छौ । सबैको साथ सहयोगमा उहाँलाई जिताउनु होला ।’ .

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि