९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

टीकापुर महोत्सवमा टिकट बिक्रीबाट रु ५० लाख आम्दानी

टीकापुर, ८ माघः कैलालीको टीकापुरमा गत पुस २९ गतेदेखि जारी टीकापुर महोत्सवमा टिकट बिक्रीबाट अहिलेसम्म रु ५० लाख आम्दानी भइसकेको छ । पहिलो दिन उद्घाटनमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सवमा अहिलेसम्म एक लाखभन्दा बढीले अवलोकन गरेका आयोजकले जनाएको छ ।

महोत्सवमा प्रवेश शुल्कबापत लिइने टिकट बिक्रीबाट गत पुस ३० गते रु एक लाख २४ हजार, माघ १ गते रु पाँच लाख ५४ हजार, माघ २ गते रु ११ लाख ३३ हजार, माघ ३ गते रु नौ लाख ८० हजार, ४ गते रु पाँच लाख ५१ हजार, माघ ५ गते रु छ लाख ५० र माघ ६ र ७ गते बाँकी रकम सङ्कलन भएको समितिका संयोजक तथा उद्योग वाणिज्य सङ्घ टीकापुरका सदस्य उपेन्द्र बटालाले जानकारी दिनुभयो ।

‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने नाराका साथ सुरु भएको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव यही माघ ११ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा सर्वसाधारणले रु एक सयमा टिकट लिन सक्नेछन् भने विद्यार्थीका लागि ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महोत्सव अवलोकनमा एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाले निःशुल्क प्रवेश पाउनेछन् । महोत्सवमा रमाइलो मेला, फोटो प्रदर्शनी, शैक्षिक प्रदर्शनी, थारु कला र संस्कृति झल्कने ‘थारु गाउँ’ बनाइएको समितिका संयोजक बटालाले बताए । उनका अनुसार यहाँ निःशुल्क आँखा उपचार, प्राथमिक उपचारलगायत सेवा उपलब्ध छन् ।

महोत्सवभित्र दुई सय व्यापारिक स्टल कक्ष राखिएका छन् । वाणिज्य सङ्घको आयोजनामा विसं २०६५ देखि टीकापुर महोत्सव आयोजना हुँदै आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि