१६ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

विष्णु विवेकको पहिलो कृति घाटगाउँ विमोचन

काठमाडौँ, ७ माघः पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, सङ्घर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसङ्ग्रह घाटगाउँ मङ्गलबार विमोचन भएको हो ।

काठमाडौँको चियासागरमा पत्रकार तथा लेखक विवेकले आफ्ना साथी तथा पूर्वसहकर्मीका साथमा घाटगाउँ पुस्तक सार्वजनिक गरे । सुर्खेतको चौकुने गाउँपालिका–९ घाटगाउँमा जन्मिएका उनले अध्ययन तथा सङ्घर्ष गर्दै अमेरिकासम्मको यात्रा तय गरेपछि आफ्नै मातृभूमिको नाममा घाटगाउँ पुस्तक लेखे ।

पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशित उक्त पुस्तकमा उहाँले आफ्नो स्कुले जीवन, उच्च शिक्षा पढ्दाको सङ्घर्ष, रेडियो तथा अनलाइन पत्रकारिताको उतारचढावसँगै पछिल्लो समय पर्यटन अभियानमा होमिँदाका आफ्ना चुनौतीपूर्ण भोगाइ समेटीका छन् ।

पुस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम आफ्नै गाउँको सरस्वती माध्यामिक विद्यालयमा पुस्तकालय निर्माणमा खर्च गर्ने विष्णुले जानकारी दिए । सुर्खेतदेखि अमेरिकासम्म पुग्दाको यर्थाथ, सपना र सङ्घर्ष इमान्दारीपूर्वक पुस्तकमा लेखेको छु, उनले भने, सपनालाई माया गर्ने हरकोहीलाई यो पुस्तकको भोगाइ आफ्नै जस्तो लाग्नेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि