६ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति समाचार

ललितपुर ३ बाट कार्की, मगर र पन्तले गराए उम्मेदवारी दर्ता

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार डा. विजय पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.तोसिमा कार्की र नेकपा एमालेबाट सन्दन थापा मगरले मनोनयन दर्ता गराएका छन् ।

मंगलबार निर्वाचन अधिकृतको कार्यालय पाटन पुगेर उमेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

उज्यालो नेपाल पार्टीबाट पन्तलाई अध्यक्ष कुलमान घिसिङले सोमबार टिकट दिएका थिए ।

पन्त उज्यालो नेपाल पार्टीका संस्थापक केन्द्रीय सदस्य हुन् । उनी डा.गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियानका सक्रिय थिए ।

सो क्षेत्रमा यसअघि रास्वपाकी डा.कार्की निर्वाचित भएकी थिइन् । रास्वपाबाट तोसिमा कार्की यस पटक पनि क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्न लागेकी हुन् ।

उनी अघिल्लो कार्यकालमा स्वास्थ्य राज्यमन्त्री भएकी थिइन् । दोस्रो पटक उनी सांसद हुने दौडमा लागेकी हुन् । उनी रास्वपाकी केन्द्रीय सदस्य हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि