गोरखा, गोरखामा निर्माणाधीन मानवसेवा आश्रम बालशाखाको भवनकाे एक कोठा निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ।स्वर्गीय भरत बाबु श्रेष्ठज्यूको स्मृतिमा गोरखा निवासी दमनबाबु श्रेष्ठ तथा श्रेष्ठ परिवारद्वारा गोरखामा निर्माण हुँदै गरेकाे मानवसेवा आश्रमकाे बालगृह निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग प्रदान गरिएको हो।
मानवता प्रवर्द्धन महाअभियानका रूपमा सञ्चालित मानवसेवा आश्रमको सेवालाई नजिकबाट आत्मसात् गर्दै आएको श्रेष्ठ परिवारको यस योगदानले भवन निर्माण कार्यमा थप टेवा पुगेको छ। उक्त भवनकाे यसै वर्षभित्र निर्माणसम्पन्न गरी ८० जना बालबालिकालाई सेवा प्रदान गर्ने लक्ष्य आश्रमकाे रहेकाे छ ।
मानवसेवा आश्रमले स्वर्गीय भरत बाबु श्रेष्ठको आत्माको चिरशान्तिको कामना गर्दै गोरखामा निर्माणाधीन आश्रमको सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनु हुने श्रेष्ठ परिवारप्रति हार्दिक आभार व्यक्त गरेको छ।







