५ माघ २०८२, सोमबार
मुख्‍य समाचार लुम्बिनी समाचार

नेपालगञ्जमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

नेपालगञ्ज, २ माघः प्रतिनिधिभा सदस्य निर्वाचन २०८२ का लागि आज यहाँ मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

बाँकेको नेपालगञ्जस्थित पशु सेवा तालिम केन्द्रमा सो मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले आजै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ को राप्तीसोनारी गाउँपालिका, अगैयामा र निर्वाचन क्षेत्र नं २ को कपास विकास समिति, खजुरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जानकारी दिए ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले निर्वाचन कार्यालय स्थापनापछि निर्वाचन सम्बन्धी प्रक्रियाका सबै काम निर्वाचन अधिकृतको कार्यालयबाट हुने बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनामा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, प्रहरी उपरीक्षक अङ्गुर जिसी, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाललगायत सहभागी थिए । तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा कूल तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि