१६ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार समाज

बच्छलेश्वरी जात्रा सञ्चालनको अभिन्न अङ्ग १५१ वर्ष पुरानो ढोका छेँ पुनर्निर्माण सुरु

काठमाडौँ, २ माघ : काठमाडौँ महानगरपालिकाले प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै एक सय ५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुनर्निर्माण सुरु गरेको छ । काठमाडौँको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे पशुपति क्षेत्र०मा एक सय ५१ वर्ष पुरानो ऐतिहासिक ‘ढोका छेँ’ फल्चाको सोमबारबाट पुनर्निर्माण सुरु भएको छ ।

कामपा वडा नं ८ का अध्यक्ष एवं कामपाको सम्पदा तथा पर्यटन समिति संयोजक आशामान सङ्गतले जगपूजा गर्दै पुनर्निर्माणको काम प्रारम्भ गर्नुभएको हो । नेपाल संवत् ९९५ मा निर्माण भएको यो फल्चा पाटीको ऐतिहासिक र धार्मिक विरासतलाई जोगाउन वडाले करिब रु १३ लाख ७० हजार लागतमा फल्चा पुनर्निर्माण थालेको संयोजक सङ्गतले जानकारी दिए।

पुनर्निर्माणका क्रममा प्राचीनता र कलात्मकतामा परिवर्तन नआउनेगरी काम गरिने वडाध्यक्ष सङ्गतले जानकारी दिए। यो फल्चा केवल विश्रामस्थल मात्र होइन । पाशुपतको महत्त्वपूर्णमध्येको एक बच्छलेश्वरी जात्रा सञ्चालनको अभिन्न अङ्ग हो । अध्यक्ष सङ्गतका अनुसार पहिले बच्छलेश्वरी जात्राको रथ उठाउने समयमा यही फल्चामा गणेश र कुमारीलाई राखेर विशेष पूजा गर्ने परम्परा थियो ।

फल्चामा कुमार र कुमारीको पूजा गरी त्यहाँ चढाइएको प्रसाद बालबालिकाहरूलाई खुवाउने चलन थियो । यसरी चढाइएको खुवाउँदा ‘बोल्न नसक्ने वा ढिलो गरी बोल्ने’ बालबालिकाको स्वर खुल्छ भन्ने जनविश्वास छ । यो जनविश्वाशलाई जीवन्त राख्न, सांस्कृतिक तथा सामाजिक कडीलाई बचाउन फल्चा पुनर्निर्माण थालिएको कामपाले जनाएको छ ।

फल्चाको पुनर्निर्माणले ग्वलः क्षेत्रको ऐतिहासिकता र मौलिकतालाई कायम राख्न ठूलो भूमिका खेल्ने विश्वास कामपाको छ । यससँगै स्थानीयले बिलाउँदै, हराउँदै गएको एउटा महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक भौतिक संरचना पुनः प्राप्त गर्ने संयोजक सङ्गतको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि