१ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज

मानवसेवा आश्रमद्वारा पुष महिनाभर १ सय ७३ सडकमानवकाे उद्धार, ५३ जनाको पारिवारिक पुनर्मिलन

काठमाडौँ  । सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार तथा पारिवारिक पुनर्मिलनमा सक्रिय मानवसेवा आश्रमले पुष महिनाभरि १ सय ७३ जनाकाे उद्धार र ५३ जना आश्रितकाे सुखद् पारिवारिक पुनर्मिलन गराएकाे छ ।  उद्धार हुनेमा १ सय २० पुरुष र ५३ महिला रहेका छन्।

देशभरका शाखाहरूमध्ये सबैभन्दा बढी काठमाडौँको रानीवन शाखाले ३२ जनाको उद्धार गरेको छ भने तिलोत्तमाले २०, चितवनले १५, दाङले १४, झापाले ९, पर्साले ८ र सुनसरी ७ जना बेवारिसे व्यक्तिहरूकाे उद्धार गरेका हुन् ।

साे अवधिमा आश्रमले ५३ जना आश्रितको पारिवारिक पुनर्मिलन गराएकाे छ । विभिन्न सयममा उद्धार भइ  स्वास्थ्य अवस्था सामान्य भएका र पारिवारिक पुनर्मिलन सम्भव भएकाहरूको परिवार खोजी गरी आश्रमले आवश्यक प्रक्रिया पूरा गरी पारिवारिक पुनर्मिलन गरिरहेको छ।

आश्रमले स्थापनाकालदेखि हालसम्म  १३ हजारभन्दा बढी सडकआश्रितकाे उद्धार र ५ हजारभन्दा बढीको पारिवारिक पुनर्मिलन गरिसकेको छ। हाल देशभरका शाखाहरूमा २ हजार २६ जना व्यक्तिहरूले सम्मानजनक जीवन बिताइरहेका छन्।

आश्रमले दाता र सरकारको सहयोगमा आफ्नो सेवा विस्तार गर्दै सडकआश्रितको उद्धार, उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलन सेवा सुनिश्चित गर्दै आइरहेकाे छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि