१ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज

देश संविधानले र पार्टी विधानले चल्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले देश संविधानले र पार्टी विधानले चल्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन् ।

उपसभापतिमा निर्वाचित भएपछि विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले संविधान र विधानले देश र पार्टी चल्ने बताएका हुन् ।
उनले भने, ‘देश संविधानले चल्छ । देशले संविधानको बाटो छाड्यो भने वेथितीमा पुग्छ । पार्टीले विधानको बाटो छाड्यो भने पार्टी पनि अप्ठेरोमा पर्छ । त्यसैले यस विषयमा हामी स्पष्ट छौँ ।’

नवनिर्वाचित सभापति गगन थापालाई ‘कमाण्डर’को संज्ञा दिँदै शर्माले नेतृत्व मात्र होइन, सम्पूर्ण पार्टी पंक्ति एउटै मनोविज्ञान र तयारीका साथ अघि बढ्नुपर्ने बताए ।

‘गगन थापालाई हामीले कमाण्डर बनाएका छौ तर कुनैपनि युद्धमा विजय हासिल गर्नलाई कमाण्डर दरिलो ढङगले उभिदै गर्दा पुरै सेना पनि उही तयारीका साथ उही मनोविज्ञानका साथ उभिनुपर्छ,’उनले भने ।

विशेष महाधिवेशनपछि सबै प्रतिनिधिहरू विशेष जिम्मेवारी लिएर फर्किनुपर्ने उल्लेख गर्दै शर्माले पार्टीभित्र विनम्रता, आत्मीयता र आपसी सम्मानको संस्कार आवश्यक रहेको बताए ।

‘तपाई हामी प्रत्येक साथी आजका मितिबाट विशेष महाधिवेशनबाट फर्किदै गर्दा विशेष जिम्मेवारी पनि लिएर फर्किदैछौ । नबिर्सिनुहोला हामीले हाम्रा पार्टीका साथीहरुसँग विनम्र र हार्दिक व्यवहार गर्नुपर्छ,’ उनले भने ।

महाधिवेशनपछि कारबाहीको विषय उठेको सन्दर्भमा उनले निर्वाचन आयोग स्वयं जानकार रहेको दाबी गरे ।

शर्माका अनुसार विशेष महाधिवेशनको बन्दसत्रले निर्वाचन प्रक्रिया सुरु गर्नुअघि बनाएको कार्यविधि तयार पार्दा केन्द्रीय कार्यसमिति विघटन भइसकेको अवस्था थियो।

नेपाली कांग्रेसको संघर्षशील इतिहास स्मरण गर्दै शर्माले पार्टीको शक्ति आलोचना र चुनौतीलाई अवसरमा बदल्ने क्षमतामा रहेको बताए ।
‘विघटन भइसकेपछि बैठक बसेर हामीलाई कारबाही गरिँदाकेवल हास्न मात्र सक्छौ, मुस्कुराउन मात्र सक्थ्यौँ । कांग्रेस त्यो हो जसले अरुले हानेका ढुङगाहरु टिपेर महल बनाउन सक्छ,’ उनले भने ।

शर्माले पार्टीभित्रको आलोचना र गुनासोलाई त्यहीँ सीमित राख्दै संगठनलाई गाउँ–गाउँसम्म ऊर्जा र उत्साहका साथ लैजानुपर्ने आवश्यकता औँल्याए। ‘कांग्रेसले कांग्रेससँगको आलोचना र गुनासो छोडेर जनतामाझ आशा लिएर जानुपर्छ,’ उनको भनाइ थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि