१ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित

काठमाडौँ, १ माघः नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित भएका केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए ।

सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उनी निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु, निर्वाचन परिणाम सुनाउँदै संयोजक केसीले भने । सभापतिमा निर्वाचित भएपछि थापाले अहिले विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा उपस्थित नेता, कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरिरहेका छन् ।

यसपछि बाँकी निर्वाचनको परिणाम घोषणा गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि