१ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण

काठमाडौं । लेर्डल ग्लोबल हेल्थले नेपाल सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण गरेको छ । नेपालको स्वास्थ्य सेवा समृद्ध बनाउने उद्येश्यले लेडर ग्लोबल हेल्थले बुधबार एक विशेष कार्यक्रमको आयोजना गर्दै सरकारलाई उक्त किट हस्तान्तरण गरेको हो ।
सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले अहिलेको अवस्था कमजोर भएको हुनाले हालका लागि सबै प्रकारका साथ र सहयोगलाई स्वागत गर्न तयार रहेको भन्दै आजको सहयोग क्षमता विकासको लागि प्रभावकारी हुने बताईन् ।
उनले भनिन्, ‘हाम्रो टिमले काठमाडौं उपत्यका र उपत्यका बाहिर पनि प्रदेश सरकार स्थानीय सरकारहरू मार्फत विभिन्न प्रकारका प्रकोपहरू रोक्न र प्रतिक्रिया दिन आफ्नो सर्वोत्तम प्रयास गरिरहेका छन् । तालिम सम्पूर्ण प्रतिक्रियाको एक घटक हो । अझै धेरै कामहरु गर्न बाँकी छ । अहिलेको हाम्रो अवस्था अलि कमजोर भएको हुनाले अहिलेको लागि सबै साथ र सहयोगलाई हामी स्वागत गर्न चहान्छौ । त्यसकारण आजको यो सहयोग हाम्रो क्षमता विकासको लागि प्रभावकारी हुनेछ ।’
यस्तै, उनले सकेसम्म धेरै साझेदारहरूसम्म पुग्ने प्रयास गर्नुपर्ने भन्दै यसबाट लक्ष्यहरू प्राप्त गर्न मद्दत पुग्ने बताईन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि