१ माघ २०८२, बिहीबार
कोशी मुख्‍य समाचार समाचार

पराजुली परिवारद्वारा मानवसेवा आश्रम विराटनगर शाखा निर्माणमा आर्थिक  सहयोग

विराटनगर। विराटनगर महानगरपालिका-५ मा निर्माणाधीन अवस्थामा रहेकाे मानवसेवा आश्रम विराटनगर शाखाकाे एक काेठा निर्माणका लागि सहयाेग प्राप्त हुने क्रम जारी रहेकाे छ ।

साेही क्रममा माेरङ निवासी केदारनाथ पराजुली, डा. पवन पराजुली, डा. राेषना पराजुलीले शाखाकाे एक काेठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रूपैयाँ प्रदान गर्नुभएकाे छ । शाखाले भवन निर्माण सम्पन्न गरेपछि २ सय ५० आश्रितहरूलाई सेवा प्रदान गर्ने लक्ष्य राखेकाे जानकारी दिएकाे छ ।

मानवसेवा आश्रम विराटनगर शाखाले वि.सं २०७६ भदौ १३ गते  सेवा सञ्चालन गरिरहेकाे छ ।  स्थापना कालदेखि नै शाखाले मोरङ र कोशी प्रदेशभरका सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र सम्भव हुनेहरूको पारिवारिक पुनर्मिलन गर्दै आइरहेको छ।

मानवसेवा आश्रमले हाल सुनसरीको धरान र झापाको मेचीनगरमा शाखा विस्तार गरेसँगै सहयाेगापेक्षी व्यक्तिहरूकाे व्यवस्थापनमा विराटनगर शाखालाई थप टेवा पुगेकाे छ ।

मानवसेवा आश्रम देशभरका शाखामार्फत सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार र पुनर्स्थापना गर्दै निरन्तर सेवा सञ्चालन गर्दै आएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि