धनगढी । मानवसेवा आश्रम धनगढी शाखाले अत्तरिया घर बताउने अन्दाजी ३६ वर्षीय सरोज दमाईलाई उद्धार गरेको छ।
धनगढी उपमहानगरपालिका–७ मनेहरा चोकमा अलपत्र अवस्थामा भेटिएपछि नगर प्रहरीको पहलमा उहाँको उद्धार गरी धनगढी शाखाकाे संरक्षणमा राखिएको हो।
शारीरिक तथा मानसिक रूपमा कमजोर अवस्थामा रहनुभएका उहाँको उद्धारपछि उपचार सुरु गरिएको छ भने पारिवारिक पुनर्मिलनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको आश्रमले जनाएको छ।
हाल मानवसेवा आश्रमले देशभर २९ शाखा सञ्चालन गर्दै सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण तथा सम्भव हुनेहरूको पारिवारिक पुनर्मिलन गर्दै आइरहेको छ।







