१ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

मंगलबार मानवसेवा आश्रमद्वारा ५ जना सडकमानवको उद्धार

काठमाडौँ । मानवसेवा आश्रमले मंगलबार खुला सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका ५ जना सडकआश्रित मानवहरूको उद्धार गरेको छ भने १ जना आश्रितको पारिवारिक पुनर्मिलन गराएको छ।

आश्रमका कैलाली, रौतहट, बाँके, भक्तपुर र रूपन्देहीस्थित तिलोत्तमा शाखामार्फत एक–एक जना गरी ५ जना सडकआश्रित मानवको उद्धार गरिएको छ ।

मंगलबार आश्रितहरूको सेवा सहजीकरणका लागि सहयाेगी दाताहरूबाट विभिन्न अवसरमा सहयोग प्राप्त भएको हाे ।  जसबाट आश्रमलाई  कुल ९ लाख ९ हजार ९२ रुपैयाँ बराबरको सेवा योगदान प्राप्त भएको छ भने साेही दिन आश्रितहरूको सेवा व्यवस्थापनमा ७ लाख ५१ हजार ६ सय ७४ रुपैयाँ सेवा सदुपयाेग भएकाे आश्रमले जनाएको छ।

त्यसैगरी बिहान र बेलुका गरी आश्रमका विभिन्न शाखाहरूमा ३५ वटा भोजनसेवा तथा ८ वटा खाजासेवा सम्पन्न भएका छन्।मंगलबार विभिन्न प्रयोजनका लागि  ४ सय ९८ जनाले आश्रमका विभिन्न शाखाहरूको अवलोकन गर्नुका साथै २ लाख ७६ हजार २ सय ५८ रुपैयाँ बराबरका जिन्सी सामग्री सहयोग बापत आश्रमलाई  प्राप्त भएको छ ।

मानवसेवा आश्रमले आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिहरूको सारथी बनेर देशका २१ जिल्लामा २९ वटा शाखा विस्तार गरी, उद्धार, उपचार, पालनपोषण र पारिवारिक जिम्मेवारी पूरा गर्दै सेवा प्रवाह गरिरहेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि