१ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

‘स्वदेशी स्रोतसाधनको प्रयोग गरेर निर्वाचनका कार्यक्रम सञ्चालन भइरहेका छन्’

काठमाडौँ, ३० पुस : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशी सहयोगबिना, स्वदेशी स्रोतसाधनको अधिकतम प्रयोग गरेर निर्वाचनका कार्यक्रम सञ्चालन भइरहेका बताएका छन् ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्लाका निर्वाचन अधिकारीका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रम समापन समारोहलाई सोमबार यहाँ सम्बोधन गर्दै उनले निर्वाचनका लागि कर्मचारीको सेवासुविधा कटौती गर्नुपर्ने अवस्था नभएको स्पष्ट पारे ।

निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न नमिल्ने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए । यो अभ्यास अन्तरराष्ट्रिय निर्वाचन कानुन विपरीत हुने उनले जानकारी दिए।

निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गरेर निर्वाचन हुँदैन, यो अन्तरराष्ट्रिय निर्वाचन कानुनको मान्यता विपरीत हो, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने । आचारसंहिता अनुगमन, निर्वाचन कार्यालयको व्यवस्थापन, शान्ति–सुरक्षा तथा गलत र भ्रामक सूचना नियन्त्रण गर्नु आयोगका लागि प्रमुख चुनौती रहेको उनले बताए । यस विषयमा आयोग सचेत र सक्रिय रहेको उनले उल्लेख गरे।

आचारसंहिता अनुगमनको सन्दर्भमा आयुक्त भण्डारीले विगतबाट पाठ सिक्दै सुधारका उपाय खोज्न थालिएको बताए । निर्वाचन कार्यालयको स्थानबारे उनले सबै निर्वाचन कार्यालय सदरमुकाममा राख्ने विषय आयोगको एकल निर्णयले सम्भव नहुने जानकारी गराए।

शान्ति–सुरक्षाका विषयमा सरकारसँग समन्वय आवश्यक हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीको भनाइ छ । सरकार सँगको समन्वयमा शान्ति सुरक्षाको व्यवस्थापनमा काम भइरहेको जानकारी उनले गराए ।

अभिमुखीकरणमा करिब १२० जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सहभागिता थियो । काठमाडौँसँगै चितवन, विराटनगर र नेपालगञ्ज गरी चार स्थानका ७७ जिल्लाकै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई अभिमुखीकरण गरिएको आयोगका प्रवक्ता नारायणपसाद भट्टराईले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि