१ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौँ, २९ पुस :सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा ट्राफिक प्रहरी प्रभाग गौशलाले आज प्रभातफेरी गरेको छ ।

ट्राफिक नियमप्रति आमनागरिकमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम गौशलाबाट सुरु भई मित्रपार्कमा पुगेर सभामा परिणत भएको थियो ।

सहभागीहरूले सवारी नियम पालना गरौँ, दुर्घटना न्यूनीकरण गरौँ, सुरक्षित यात्रा सबैको अधिकार भन्नेजस्ता सचेतनामूलक प्लेकार्ड तथा ब्यानर बोकेर सडक प्रयोगकर्तालाई सन्देश दिएका थिए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सभालाई सम्बोधन गर्दै सवारी चालकको लापरवाही र पैदलयात्रीको असावधानीका कारण सवारी दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको बताए ।

हाम्रो चाहना सवारी दुर्घटना शून्य बनाउने हो”, उनले भने, त्यसका लागि सवारी चालकमात्र होइन, पैदलयात्रीले पनि ट्राफिक नियमको पूर्ण पालना गर्न आवश्यक छ । सडक सबैको साझा सम्पत्ति भएकाले यसको प्रयोग जिम्मेवारीपूर्वक गर्नुपर्छ ।

प्रभातफेरी कार्यक्रममा काठमाडौँ महानगरपालिका–७ का वडाध्यक्ष विमलकुमार होडालगायत जनप्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी, सर्वसाधारण नागरिक, ट्राफिक प्रहरी तथा नेपाल प्रहरीको उल्लेख्य सहभागिता रहेको थियो ।

वडाध्यक्ष होडाले सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ को शुभकामना व्यक्त गर्दै सुरक्षित र व्यवस्थित ट्राफिक व्यवस्थापनका लागि वडा कार्यालय सधैँ ट्राफिक प्रहरीसँग सहकार्य गर्न तयार रहेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि