२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

समितिहरु संसदीय क्यालेण्डर अनुसार चल्न सकेनन्ः सभामुख घिमिरे

७ माघ, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरु क्यालेण्डरअनुसार सञ्चालन गर्ने प्रयास भएपनि सफल नभएको बताएका छन् ।आइतबार संसदीय समितिका सभापतिहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘बाहिरबाट समितिहरुलाई सहयोग प्रदान गर्नको लागि विभिन्न दातृ संस्थाहरुले सहयोग गर्न कोशिसहरु वा सहयोगहरु प्राप्त हुन्छ भनेका कुराहरुलाई एकीकृत ढंगबाट समितिहरुलाई चाहिने सहयोग पनि सचिवालयमार्फत नै लिनु राम्रो हुन्छ, गर्नुपर्छ भन्ने सुझावहरु पनि आएको छ । क्यालेण्डर बनाएर अघि जाने, संसदीय क्यालेण्डरअनुसार चल्ने कोशिस भएपनि त्यो व्यवहारिक भएको छैन ।’

उनले संसदीय समिति क्यालेण्डर बनाएर सञ्चालन गर्ने प्रयास भएपनि व्यवहारिक हुन नसकेको बताए । उनले अबको संसदलाई प्रभावकारी ढंगबाट लैजानको लागि क्यालेण्डर बनाएर कार्यान्वयन गरेर अघि बढ्ने गरी सभपतिहरुसँग छलफल भएको बताए ।

‘अबको संसदलाई अलि प्रभावकारी ढंगबाट लैजानको लागि क्यालेण्डर फिक्स गर्ने, क्यालेण्डर भित्र चल्न सबैले वातावरण बनाएर जानुपर्छ र क्यालेण्डर कसरी बनाउने भन्ने सन्दर्भमा एउटा १५ दिन, अर्को महिना दिन, अर्को सिंगो सत्र भरको क्यालेण्डर बनाऔँ, कहिलेसम्म सत्र सञ्चालन गर्ने भन्ने बारेमा पनि एउटा समझदारीपूर्ण ढंगले, योजनावद्ध ढंगले बनाऔँ भन्नेकुरामा छलफल भएको छ ।’ उनले भने ।

उनले हिउँदे अधिवेशन चाँडै बोलाउने र तयारी छिटो गर्ने काम भइरहेको बताए । उनले भने, ‘आउँदो हिउँदे सत्र चाँडै बोलाउने र त्यसको तयारी छिटो सकौँ र सरकारलाई भनौँ भन्ने भयो । बाँकी रहेका विषय छिटो टुंग्याउनुस् भनेको छु ।’

सभमुख घिमिरेले संसदको महासचिव नियुक्तिबारे आफूले आफ्नो ठाउँबाट गर्नुपर्ने सिफारिस गरिसकेको र टुंग्याउनुपर्ने स्थानबाट छिटो टुंगिएला भन्नेमा आशावादी रहेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि