काठमाडौँ । मानवसेवा आश्रमले पुस चाैथाे सातामा ४३ जनाको बेवारिसे व्यक्तिहरूकाे उद्धार गरेको छ। उद्धार गरिएकामा ३१ जना पुरुष र १२ जना महिला रहेका छन्।
आश्रमका देशभर सञ्चालनमा रहेका शाखाहरूले उद्धार गरिएका व्यक्तिहरूलाई सम्मानजनक जीवनयापनका लागि सुरक्षित वातावरण उपलब्ध गराएका छन्। त्यस्तै, विभिन्न समयमा उद्धार भई आश्रममा स्वास्थ्य लाभ गरिरहेका र पारिवारिक पृष्ठभूमि पत्ता लागेका १३ जनाको पारिवारिक पुनर्मिलन सम्पन्न भएकाे छ। आश्रमले आवश्यक प्रक्रिया पूरा गरी १४ जना आश्रितहरूलाई परिवारको जिम्मा लगाएकाे छ ।
मानवसेवा आश्रमले आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिहरूको सारथी बनेर देशका २१ जिल्लामा २९ वटा शाखा विस्तार गरी, उद्धार, उपचार, पालनपोषण र पारिवारिक जिम्मेवारी पूरा गर्दै सेवा प्रवाह गरिरहेको छ। आश्रमले २०८२ भित्रै मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र नेपाल घाेषणा गर्न अभियान सञ्चालन गरिरहेकाे छ ।







