२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्री प्रकाश ज्वालाले बोलाए प्रदेशका मन्त्री र यातायातका हाकिमहरुको संयुक्त बैठक

७ माघ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले छिटोछरितो सेवा प्रवाहको विषयमा सात वटै प्रदेशका यातायात मन्त्री, सचिव र यातायात कार्यालयका प्रमुखहरुसँग छलफल गर्दै छन् ।

आज दिउँसो एक बजे मन्त्रालयमा संयुक्त बैठक बोलाइएको हो । बैठकमा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सम्पूर्ण प्रदेशका यातायात मन्त्री, सचिव तथा प्रदेशस्तरीय कार्यालय प्रमुखहरुलाई बोलाइएको छ ।

फर्जी लाइसेन्स वितरणका साथै यातायात सेवाको क्षेत्रमा रहेका अप्ठ्यारा र गुनासा समाधानको पहल गर्ने उद्देश्यले बैठक बोलाएको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ ।

प्रदेश सरकारमा अधिकार हस्तान्तरण भएको पाँच वर्षको अवधिमा एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको छानबिनबाट खुलेको छ । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि