२ माघ २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार स्वास्थ्य

स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छः स्वास्थ्यमन्त्री

काठमाडौँ, २५ पुसः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा सुधारका लागि प्रयासरत रहेको बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य बिमा बोर्डको संयुक्त आयोजना तथा जर्मन विकास सहयोग संस्थाको सहकार्यमा आज यहाँ आयोजित स्वास्थ्य बिमा सुधार कार्यक्रममा उनले स्वास्थ्य बिमा कार्यक्रम सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।
मन्त्री गौतमले स्वास्थ्य बिमा कार्यक्रमलाई कसरी दिगो बनाउने भन्नेमा सरकारले चिन्तन गरिरहेको बताउँदै स्वास्थ्य बिमा कार्यक्रमका  कमीकमजोरीलाई विश्लेषण गर्न विज्ञ तथा सरोकारवालासँग निरन्तर छलफल गरेको जानकारी दिए ।
स्वास्थ्य बिमा बोर्डका निर्देशक डा रघुराज काफ्लेले स्वास्थ्य बिमा कार्यक्रम सामाजिक सुरक्षाको महत्त्वपूर्ण पाटो भएको र नाफा कमाउने उद्देश्यले सञ्चालन नगरिएको स्पष्ट पारे । डा काफ्लेले स्वास्थ्य बिमा कार्यक्रमका लागि पर्याप्त बजेट, दीर्घकालीन प्रतिबद्धता र स्पष्ट नीतिमा बहस आवश्यक रहेकामा जोड दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि