२ माघ २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ट्रम्पलाई भेट्न भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडो वाशिंगटन जाने

काठमाडौं । भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडो आगामी साता अमेरिकाको राजधानी वाशिंगटन डीसी जाने भएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माचाडो अमेरिका आउन लागेको र उनले आफुलाई भेट्ने अपेक्षा व्यक्त गरेको बताएका छन् ।

ट्रम्पले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा,‘म बुझ्छु उनी अर्को साता कुनै समय आउँदैछिन र म उनलाई ‘भेट्नको लागि उत्सुक छु,’ भनि बताएको अमेरिकन सञ्चारमाध्यमले जनाएका छन् ।

यो भेट ट्रम्प र माचाडोको पहिलो प्रत्यक्ष भेट हुनेछ । माचाडोले अक्टोबर २०२५ मा नोबेल शान्ति पुरस्कार जितेपछि ट्रम्पसँग त्यो समयदेखि ट्रम्पसँग सीधा कुरा नभएको बताएकी थिइन् ।

ट्रम्पले माचाडोलाई ‘अति राम्रो महिला’ भनेका छन् तर भेनेजुएलामा उनको नेतृत्व क्षमताप्रति शंका पनि व्यक्त गरेका छन् । ट्रम्का अनुसार, देशभित्र उनले पर्याप्त समर्थन र सम्मान पाउने अवस्था छैन ।

माचाडोले फक्स न्यूजसँग दिएको अन्तरवार्तामा उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो समातिएको घटनाप्रति ट्रम्पलाई व्यक्तिगत रूपमा धन्यवाद भन्न चाहेको बताएकी थिइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि