१ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

काठमाडौँ, २५ पुसः वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गरेका छन् ।

सो अवसरमा उनले कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतिका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैङ्कलाई अनुरोध गर्ने निर्णयमा हस्ताक्षर गरे।

साथै उनले जुम्ला र कालीकोटको सिमाना नाग्मस्थित हिमा नदीमा पक्की पुल बनिसकेको अवस्थामा उक्त स्थानमा रहेको बेलिब्रिजलाई जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–५ स्थित तिला नदीमा तातोपानी गाउँपालिका–४ हाँकु जोड्न स्थानान्तरण गर्ने निर्णय गरे ।

मन्त्री चौलागाईंले निर्माण व्यवसायी नियमावली, २०५६ को अनुसूची १३ मा रहेको घ वर्गको निर्माण व्यवसायीको योग्यता सम्बन्धी मापदण्ड परिमार्जन गर्न आवश्यक सुझावका लागि मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णयमा पनि हस्ताक्षर गरे । तत्कालीन भौतिकमन्त्री कुलमान घिसिङले बुधबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीले सो मन्त्रालयको जिम्मेवारी वनमन्त्री चौलागाईंलाई तोकेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि