२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

धरानका सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु विक्रीमा रोक

५ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु विक्री वितरण र प्रयोगमा रोक लगाएको छ ।

२९ पुसमा बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक सूर्तीजन्य वस्तु विक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । त्यसअनुसार नगर प्रमुख हर्क सम्पाङले शुक्रबार सार्वजनिक सूचना निकालेर १५ दिनपछि सूर्तीजन्य वस्तु विक्री वितरण र प्रयोगमा प्रतिबन्ध लागू हुने जानकारी गराएका छन् ।

सार्वजनिक स्थानमा चुरोट, बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुटखा, पान पराग वा यस्तै सूर्तीजन्य वस्तु भण्डार, विक्री र प्रयोग गरे नगर प्रहरीले जफत गर्नुका साथै कानुन बमोजिम कारबाही गर्ने सूचनामा उल्लेख छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि