१ माघ २०८२, बिहीबार
मुख्‍य समाचार सुदूरपश्चिम स्वास्थ्य

डडेल्धुरा अस्पतालमा आजदेखि आकस्मिक बाहेक अन्य सेवा पूर्ण रूपमा बन्द

डडेल्धुरा । डडेल्धुरा अस्पताल विकास समितिले आजदेखि आकस्मिक बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।

समिति अध्यक्ष करूणाकर ओझामाथि दुव्र्यवहार भएको घटनाप्रति अस्पताल प्रशासनले गम्भीर आपत्ति जनाउँदै घटनापछि कर्मचारीको मनोबल कमजोर बनेको कारण आकस्मिक बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

अस्पतालद्वारा जारी सूचना अनुसार पुस २३ गते दिउँसो १ः३५ बजे अध्यक्ष ओझालाई उनकै कार्यकक्षभित्र ने.क.पा. बहुमतको नाम लिएका केही व्यक्तिहरूले दुव्र्यवहार गरेका थिए ।

यस्ता घटनाले अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष असर पर्नुका साथै कर्मचारी तथा पदाधिकारीहरूको मनोबल गिराउने अस्पतालले जनाएको छ । उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न अस्पतालले माग गरेको छ ।

थप समाचारहरु

प्रदेस समाचार समाज सुदूरपश्चिम

जंगली च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना विरामी

५ साउन, बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया
प्रदेस समाचार फिचर (Main Feature) सुदूरपश्चिम

देखिन छाडे ‘फोटो स्टुडियो’,

आजभोलि मानिसले विगतभन्दा फोटो चाहिँ धेरै खिच्छन्, प्रायः दैनिकजसो खिच्छन् । आफ्नै मोबाइलमा फोटो खिच्छन् । खिचेका फोटो सामाजिक सञ्जालमा