२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

बोक्सी भन्दै हत्या गरेर फरार रहेको आरोपमा दुई पक्राउ

५ माघ, काठमाडौं । बोक्सी आरोपमा हत्या गरेर फरार रहेको आरोपमा दुई जनालाई प्रहरी पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काभ्रेका ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरेको एसपी मिलन केसीले बताए ।

उनका अनुसार, २९ असोज २०६५ मा काभ्रेको तत्कालीन आम्बोटो गाविस–१ मा चमारसिंह मगर भनिने जनकबहादुरलाई कुटपिट गरेर उनीहरुले हत्या गरेका थिए ।

हत्यापछि फरार रहेका उनीहरुलाई खोजतलास गर्ने क्रममा पक्राउ गरेर जिल्ला अदालतमा बुझाइएको एसपी केसीले बताए । प्रहरीले १५ वर्ष पुरानो यो मामलामा थप अनुसन्धान गरिरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि