काठमाडौँ, २३ पुसः नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई दिइएको छ ।
मङ्गलबारको पार्टी सचिवालय बैठकले उनीलाई उक्त जिम्मेवारी तोकेको हो । उनी राष्ट्रिय योजना आयोगको पूर्वसदस्य तथा सामुदायिक रेडियो प्रसारक सङ्घको पूर्वअध्यक्ष हुन् ।







