भक्तपुर । हङ्गर रिलिफ सप्ताह अन्तर्गत मानवसेवा आश्रम भक्तपुर (कौशलटार) शाखामा काठमाडौँ सेन्ट्रल मिड टाउन लायन्स क्लब, काठमाडौँ मोडल लायन्स क्लब, काठमाडौँ सेन्ट्रल मिड टाउन लियो क्लब, काठमाडौँ अल्पाइन लायन्स क्लब र काठमाडौँ क्रिएटिभ इन्टरप्रेन्युर लायन्स क्लबद्वारा खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरिएकाे छ । भक्तपुर शाखामा रहेका ३९ जना आश्रितहरूकाे सेवा व्यवस्थापनका लागि साे सहयाेग प्रदान गरिएकाे हाे ।
लायन्स क्लब इन्टरनेशनलद्वारा प्रायोजित हङ्गर रिलिफ सेवा सप्ताह (३ जनवरीदेखि ११ जनवरी २०२५) को अवसरमा मानवसेवा आश्रम भक्तपुर शाखामा उक्त सहयोग प्रदान गरिएको हो। यस सहयोगले आश्रमका आश्रितहरूको दैनिकी र स्वच्छता व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
मानवसेवा आश्रम परिवारको तर्फबाट यस मानवीय सेवामा योगदान पुर्याउने सम्पूर्ण लायन्स तथा लियो क्लब परिवारप्रति हार्दिक आभार व्यक्त गरेकाे छ ।







