१३ फाल्गुन २०८२, बुधबार
गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

पोखरा, २३ पुसः नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ को आयोजनामा हुन लागेको २२औँ एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड कार्यक्रम काठमाडौँ बाहिर हुन लागेको यो पहिलो पटक हो । अवार्डको पूर्वसन्ध्यामा मङ्गलबार स्पोर्टस समिटको आयोजना गरिएको थियो । मञ्चअन्तर्गतको एनएसजेएफ एकेडेमीको आयोजनामा भएको त्यस कार्यक्रममा पोखरामा खेल पयर्टन र अर्थतन्त्रबारे छलफल भएको थियो ।

मञ्चका अध्यक्ष नीरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू धेरै उत्साहित रहेको बताए । उनले भने, कार्यक्रमलाई लिएर चाहिने सबै तयारी पूरा भएको छ । अब हामी अवार्ड कार्यक्रमकै ब्यग्र प्रतीक्षामा छौँ । हामीलाई सुरुमा मोफसलमा अवार्ड कार्यक्रमको आयोजना गर्दा धेरै चुनौती सामना गर्नुपर्ने लागेको थियो । तर पोखरामा आएपछि हामीले चुनौतीभन्दा बढी अवसर देखेका छौँ । मलाई लाग्छ, अब पोखरा राष्ट्रिय र अन्तरराष्ट्रिय अवार्ड कार्यक्रमको गन्तव्य बन्ने छ ।

मञ्चको पोखरा समन्वय शाखाका अध्यक्ष एमबी आस्था मगरले अवार्ड कार्यक्रमको आयोजनाले पोखरेली खेल इतिहासमा नयाँ अध्याय थपिएको बताए । उनले भने, पोखरा सहर स्पोर्टस हबको रूपमा स्थापित हुँदै आएको छ । अब स्पोर्टस अवार्डको सफल आयोजनाले पोखराको खेल क्षेत्र अझ विस्तृत र फराकिलो भएको छ । अवार्डमा पोखरा महानगरपालिका प्रवर्द्धक रहेको छ ।

अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुप छ । यस्तै पावर्ड बाईमा यति एयरलाइन्सले साथ दिएको छ । स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् ।

अवार्डमा यसपटक पनि १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन् ।

पिपल्स च्वाइस अवार्डको मनोनयनमा रहेका खेलाडीमा उसुका विजय सिञ्जाली, टेबल टेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल रहेका छन् । यसपटकको कार्यक्रम पोखराको सभागृहमा आज आयोजना हुँदैछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि