२ बैशाख २०८३, बुधबार
कोशी मुख्‍य समाचार समाचार समाज

सोमबार धरानबाट ५ जना बेवारिसे व्यक्तिको उद्धार

धरान । मानवसेवा आश्रम धरान शाखाले सोमबार ५ जना सहयोगापेक्षी व्यक्तिहरूलाई उद्धार गरी संरक्षणमा राखेको छ। धरान उपमहानगरपालिका-८, भोटेपुल क्षेत्रमा बेवारिसे अवस्थामा रहेका १ महिला र ४ पुरुषलाई धरान उपमहानगरपालिकाको समन्वयमा उद्धार गरी आश्रममा ल्याइएको हो।

धरान उपमहानगरपालिका सामाजिक महाशाखा प्रमुख सिर्जना नेपाल र महिला विकास अधिकृत भुवनकुमारी राईको सिफारिसमा नगरप्रहरीको उद्धार टोलीले उनीहरूलाई उद्धार गरी संरक्षणका लागि आश्रममा ल्याएको हो।

उद्धार गरिएका व्यक्तिहरूमा उदयपुरका ३६ वर्षीय प्रेम राई, ३५ वर्षीय रेनु माझी, ३४ वर्षीय लक्ष्मण ऋषिदेव, जनकपुरका ३२ वर्षीय विष्णु कुमार मण्डल, र ५० वर्षीय अशिक राई रहेका छन्। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको आश्रमले जनाएको छ।

हाल उनीहरूको पारिवारिक पृष्ठभूमि खुल्न सकेकाे छैन  । आश्रमले पारिवारिक पुनर्मिलनका लागि परिवार खाेजी कार्यमा समन्वय गरिदिन हुन सबैमा  आग्रह समेत गरेकाे छ ।   सडकपेटीमा अलपत्र परेका उनीहरूलाई आश्रमले आश्रय, खाना, स्वास्थ्य सेवा र सम्मानपूर्वक जीवनयापनको वातावरण उपलब्ध गराएको छ।

धरान शाखा विस्तार भएपछि अब ताप्लेजुङ, ओखलढुङ्गा, पाँचथर, सोलुखुम्बु र सुनसरीका सहयोगापेक्षीहरूलाई उद्धार गरी सेवा प्रदान गरिँदै आएको छ। धरान शाखा गत असोज २९ देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। धरान शाखामा हाल १ महिला र ३२ पुरुष गरी ३३ जना आश्रित संरक्षणमा रहेका छन्।

मानवसेवा आश्रमले देशभर सात प्रदेशका २१ जिल्लामा २९ शाखा सञ्चालन गर्दै ७७ जिल्लाका सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण र सम्भव भएमा पारिवारिक पुनर्मिलन गर्दै आएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि