१३ फाल्गुन २०८२, बुधबार
कर्णाली मुख्‍य समाचार समाचार

मुगुमा सामाजिक न्याय र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि तीन समूहबीच साझा सहमति

मुगु । मुगुमा सामाजिक न्याय, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको साझा उद्देश्यसहित विभिन्न अनौपचारिक संगठन तथा नागरिक समूहबीच नैतिक समन्वयता पत्रमा सहमति भएको छ।

लोकतान्त्रिक मूल्य–मान्यता, मानव अधिकार, पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने लक्ष्यसहित मुगुका जेनजी समूह, सुपो अभियान तथा छाउल्या सेवा समाजबीच साझा समझदारी भएको हो।

समझदारी पत्रमा सामाजिक अन्याय, भ्रष्टाचार, शक्ति दुरुपयोग तथा दण्डहीनताले लोकतन्त्रलाई कमजोर बनाइरहेको वर्तमान अवस्थालाई गम्भीर चुनौतीका रूपमा उल्लेख गरिएको छ। साथै, युवामा बढ्दो निराशा र राजनीतिक अस्थिरताले भविष्यप्रति चिन्ता बढाएको जनाउँदै सामाजिक रूपान्तरणका लागि साझा पहल आवश्यक रहेको धारणा व्यक्त गरिएको छ।

समझदारीअनुसार सामाजिक न्याय, समानता र मानव अधिकारको प्रवद्र्धन, भ्रष्टाचार तथा दण्डहीनताको विरोध, पारदर्शी र उत्तरदायी नेतृत्व विकास, नागरिक–केन्द्रित लोकतान्त्रिक सहभागिता विस्तार तथा नयाँ पुस्ताले उठाएका मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने लक्ष्य राखिएको छ।

यसैगरी, नैतिकता र इमान्दारितालाई प्रमुख मार्गदर्शक सिद्धान्तका रूपमा लिँदै सबै नागरिकको गरिमा, अवसर र अधिकारको सम्मान गर्ने, अहिंसात्मक र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने तथा वर्ग, जाति, लिङ्ग, क्षेत्र र विचारको समानताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाइएको छ।

समझदारीअनुसार भ्रष्टाचारविरुद्ध जनचेतना अभियान सञ्चालन गर्ने, नागरिक शिक्षा र युवा सशक्तीकरणमा जोड दिने, अनुसन्धान तथा तथ्यमा आधारित वकालत गर्ने, संयुक्त वक्तव्य तथा शान्तिपूर्ण आन्दोलन गर्ने तथा सार्वजनिक निकायहरूको सामाजिक निगरानी गर्ने क्षेत्रमा सहकार्य गरिने जनाइएको छ।
तीन समूहले आफूलाई गैर–राजनीतिक र स्वतन्त्र पहलका रूपमा परिभाषित गरेका छन्। कुनै राजनीतिक दल वा औपचारिक संस्था निर्माण नगर्ने, सबै पक्षको संगठनात्मक स्वतन्त्रता सुरक्षित राख्ने र सहभागिता स्वेच्छिक रहने स्पष्ट गरिएको छ।

समझदारी पत्रमा जेनजी समूहको तर्फबाट समाज हमाल, सुपो अभियानको तर्फबाट सुसिल कुमार भाम तथा छाउल्या सेवा समाजको तर्फबाट बिर्ख बहादुर मल्लले हस्ताक्षर गरेका छन्। उक्त समझदारी आज देखि लागू हुने जनाइएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि