३ चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।

विधायन व्यवस्थापन समितिको १५१ औं बैठक बिहान ११ः३० बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्दैछ ।

आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची तय गरिएको छ ।

यस्तै दिनको १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१४औँ बैठक बस्दैछ ।
बैठकमा कोशी प्रदेशको अनुगमन कार्यक्रमको समीक्षा गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि