धरान। लायन्स क्लब अफ धरान बुढासुब्बाले मानवसेवा आश्रम धरान शाखालाई २७ हजार ९ सय ५० रुपैयाँ बराबरको खाद्यान्न सहयोग प्रदान गरेको छ। लायन्स क्लब इन्टरनेशनलद्वारा प्रायोजित हङ्गर रिलीफ सेवा सप्ताह (३ जनवरीदेखि ११ जनवरी २०२५) को अवसरमा धरान–१६ स्थित मानवसेवा आश्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो।
सेवा कार्यक्रम लायन्स क्लब अफ धरान बुढासुब्बाका अध्यक्ष लायन हदन्द्र लिम्बू एमजेएफको अध्यक्षतामा तथा जीएटी जिल्ला प्रमुख लायन रेखा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा धरानका विभिन्न तहमा आबद्ध लायन्स नेताहरू, क्लबका पदाधिकारी, सदस्यहरू तथा लियो सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा आश्रमलाई ४ सय के.जी. चामल, २५ के.जी. मसुरो दाल, २० के.जी.चिनी, २० के.जी. चिउरा, १० के.जी भुजा तथा ४० लिटर खाने तेल वितरण गरिएको थियो। उक्त सेवा कार्यका लागि आवश्यक आर्थिक सहयोग क्लबका प्रथम महिला उर्मिला मानन्धर लिम्बूको योगदानबाट प्राप्त भएको हाे।






