पोखरा । माछापुच्छ्रे गाउँपालिका–०७, धम्पुसस्थित धम्पुस पैंगीला परिवारले आफ्नो रजत जयन्तीको विशेष अवसरमा मानवसेवा आश्रम हेम्जा शाखामा भोजन सेवाका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
उक्त अवसरमा पैंगीलामा परिवारले बिहानको विशेष भोजन सेवाका लागि नगद ४० हजार र आश्रम व्यवस्थापनका लागि सम्पूर्ण गुरुङ परिवारको तर्फबाट १२ हजार ६सय ७५ रूपैयाँ प्राप्त भएकाे छ । यस मानवीय सेवामा उपस्थित भई प्रेरणा र साथ सहयोग प्रदान गर्नुहुने संस्थापक अध्यक्ष क्याप्टेन देवबहादुर गुरुङ लगायत सम्पूर्ण गुरुङ परिवारप्रति मानवसेवा आश्रम परिवारले आभार व्यक्त गरेको छ।
यस्ता सहयोग र सहकार्यले आश्रममा आश्रित व्यक्तिहरूको सम्मानजनक जीवनयापनमा महत्वपूर्ण योगदान पुग्नुका साथै समाजमा मानवता, करुणा र सेवाभावको सन्देश प्रवाह भइरहेको आश्रमले जनाएको छ। आश्रमले २०८२ भित्रै मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घाेषणा गर्न अभियान सञ्चालन गरिरहेकाे छ ।







