१ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार

मानवसेवा आश्रम पोखरा शाखाद्वारा आय–व्ययसहितको प्रगति प्रतिवेदन सार्वजनिक

 

पोखरा । कास्कीको पोखरामा सञ्चालनमा रहेको मानवसेवा आश्रमले आफ्नो एक वर्षको आय–व्ययसहितको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। आश्रमले शुक्रबार आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै आफ्नो सेवाको पारदर्शिता प्रमाणित गरेको छ।

वि.सं. २०७४ चैत १७ गते स्थापना भएको पोखरा शाखाले ‘कोही पनि भोको, नाङ्गो र बेसहारा हुन नपरोस्’ भन्ने उद्देश्यका साथ मानवताको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ।

आश्रमले विभिन्न दाताबाट जम्मा ४ करोड ७८ लाख ४३ हजार १३४ रुपैयाँ सेवा योगदान संकलन गरेको छ। संकलित रकममा आश्रित बेसहारा नागरिकहरूको खाना, औषधि, आवास र व्यवस्थापनमा ३ करोड ४२ लाख ८२ हजार ३३१ रुपैयाँ खर्च भएको छ भने सेवाबाट १ करोड ३५ लाख ६० हजार ८ सय ३ रुपैयाँ बचत भएको छ।

पुँजीगत तर्फ आश्रमको आम्दानी ३८ लाख २६ हजार ६ सय ७२ रुपैयाँ रहेको छ भने यस वर्ष ७ करोड ८९ लाख ५४ हजार ७ सय ४२ रुपैयाँ खर्च भएको छ। भविष्य सुनिश्चित गर्न स्थापना गरिएको अक्षयकोषमा यस वर्ष थप भई कुल ३० लाख ५० हजार १९९ रुपैयाँ पुगेको छ।

सरकारी सहयोग पनि उल्लेखनीय रहेको छ। गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, पोखरा महानगरपालिकाका ८, १७, २९ नम्वर वडा कार्यालय र वालिङ नगरपालिकाबाट कुल ९२ लाख ६४ हजार १८१ रुपैयाँ प्राप्त भएको छ। हाल आश्रमको कुल सम्पत्ति ९ करोड २४ लाख ३ हजार १९ रुपैयाँ पुगेको छ।

मानवसेवा आश्रमले स्थापना समयदेखि सडकपटी र सार्वजनिक स्थलमा अति कष्टपूर्ण जीवन बिताइरहेका बेसहारा व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण र पारिवारिक पुनर्मिलन गर्दै आएको छ। आर्थिक वर्ष २०८१र८२ मा पोखरा शाखामा मात्र २८३ जनाको उद्धार, ९० जनाको पारिवारिक पुनर्मिलन भएको छ। हाल शाखामा १ सय ६९ पुरुष र ९३ महिला गरी २६२ जना आश्रितको सेवा प्रदान भइरहेको छ।

पोखरा महानगरपालिकाबाट प्राप्त बजेटमार्फत भवन निर्माण कार्यको पहिलो तल्ला सम्पन्न भएको छ। गैरपाटनस्थित उद्योग वाणिज्य हलमा शुक्रबार आयोजित कार्यक्रममा सरोकारवालाहरूले आश्रमले बेसहाराहरूको सहारा बनेर मानवीय सेवामा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि