१४ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

मानवसेवा आश्रममा ३ सय भारतीय नागरिक, पारिवारिक पुनर्मिलन जारी

काठमाडौँ । मानवसेवा आश्रमको उद्धार तथा पारिवारिक पुनर्मिलन विभागले सार्वजनिक गरेको विवरणअनुसार हाल आश्रममा ३ सय जना भारतीय नागरिक संरक्षणमा रहेका छन्। आश्रमले बेवारिसे अवस्थामा जीवनयापन गर्न विवश व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलनमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

नेपाल–भारत खुला सीमानाका कारण मानसिक अवस्था कमजोर भएका वा विभिन्न कारणले परिवारबाट टाढिएका भारतीय नागरिकहरू नेपालमा बढी भेटिने गरेका छन्। रोजगारीका क्रममा नेपाल आएर अलपत्र परेका, वर्षौँदेखि परिवारसँग सम्पर्कविहीन भएका तथा लागुऔषध वा मद्यपानको लतका कारण सडक जीवन बिताउन बाध्य भएका व्यक्तिहरूलाई आश्रमले उद्धार गरी सुरक्षित संरक्षणमा राख्दै आएको छ।

उद्धार गरिएका व्यक्तिहरूमध्ये स्वास्थ्य लाभ गरी परिचय खुलेका नागरिकहरूको पारिवारिक पुनर्मिलन कार्य निरन्तर भइरहेको छ। यस कार्यलाई अझ प्रभावकारी बनाउन भारतस्थित सामाजिक संस्था श्रद्धा फाउन्डेसनसँग सहकार्य गरिएको हाे। असार ३० गते हेटौँडामा दुवै संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएपछि पुनर्मिलन प्रक्रिया थप सहज र व्यवस्थित बनेको छ। फाउन्डेसनले नेपालमा रहेका भारतीय नागरिकहरूकाे प्रारम्भिक परीक्षण गरी घर ठेगना पत्ता लगाइ पारिवारिक पुनर्मिलन गर्दै आएकाे छ ।

मानवसेवा आश्रम खुला सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सहयोगापेक्षी व्यक्तिहरूको जीवनमा आशा र भरोसा जगाउँदै मानव सेवामा निरन्तर समर्पित रहँदै आएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि