१ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार

आश्रमका आश्रितहरूका लागि मानसिक स्वास्थ्य परामर्श सेवा

पोखरा। मानवसेवा आश्रम छोरेपाटन शाखाको संरक्षणमा रहनुभएका आमाहरूलाई लक्षित गरी मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा प्रदान गरिएको छ।

गण्डकी मेडिकल कलेज (GMC) को सहकार्यमा बिहीबार शाखाका आमाहरूको मानसिक स्वास्थ्य परीक्षण गर्दै उहाँहरूका मनका कुरा सुनी आवश्यक मनोसामाजिक परामर्श प्रदान गरिएको हो। कलेजका अनुभवी मनोसामाजिक चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गर्नुभएको थियो।

उक्त परामर्श सेवाबाट आश्रममा आश्रित आमाहरूको मानसिक अवस्था बुझ्न, भावनात्मक बोझ कम गर्न तथा सकारात्मक जीवनदृष्टि विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। यस प्रकारका सेवाले आश्रितहरूको समग्र स्वास्थ्य र जीवनस्तर सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेकाे छ ।

मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा,असहाय, अशक्त,अभिभावकविहीन,शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन सेवा प्रदान गर्दै आएको छ ।

आफ्ना लागि आफैँ केही गर्न नसक्ने, सहयोगापेक्षी व्यक्तिहरूको सेवामा मानवसेवा आश्रम निरन्तर लागि परिरहेको छ। तीनै तहका सरकारकाे सहयोग र देश–विदेशमा रहेका नेपाली मनकारी दाताहरूको सहयाेगबाट आश्रमका सेवाहरू सञ्चालन भइरहेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि