१ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार

जन्मदिनको अवसरमा रञ्जना तामाङद्वारा आश्रमलाई ४० हजार रुपैयाँ सहयोग

पाेखरा । मानवसेवा आश्रम हेम्जा शाखालाई आर्थिक सहयाेग प्राप्त भएकाे छ ।

पाँचकन्या गाउँपालिका–४ नुवाकोट घर भइ हाल दक्षिण कोरिया (उमसाङ) मा रहनुहुने रञ्जना तामाङले आफ्नो जन्मदिनकाे अवसरमा मानवसेवा आश्रम हेम्जा शाखालाई ४० हजार रूपैयाँ सहयाेग गर्नुभएकाे छ ।

उहाँले जन्मदिनको व्यक्तिगत खुसीलाई मानवसेवामा रूपान्तरण गर्दै असहाय, अशक्त तथा बेसहारा आमाबुबाहरूको सेवमा योगदान पुर्‍याउँदै मानवीय भावना र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएकाे हाे ।

उक्त सहयोगले आश्रममा आश्रित व्यक्तिहरूको दैनिक सेवा व्यवस्थापनमा मद्दत पुगेकाे छ । जन्मदिनकाे अवसरमा उहाँलाई सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको शुभभावना व्यक्त गर्दै आश्रमले सहयोगप्रति आभार प्रकट गरेकाे छ ।

मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा,असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउँदै आएको छ । आश्रमले  २०८२ भित्रै मुलुकलाई  सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र नेपाल घाेषणा गर्न अभियान सञ्चालन गरिरहेकाे छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि