१ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार

प्रेक्षालयसहित वडा कार्यालय भवन निर्माण

म्याग्दी, १८ पुसः म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय भवन निर्माण भएको छ ।

धौलागिरि गाउँपालिकाले दुईतले सभाहलसहितको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । भवन निर्माणका लागि गत २०८१ चैत महिनामा मालिका भगवती कन्ट्रक्सनले रु ८४ लाख ९६ हजारमा ठेक्का सम्झौता गरेको थियो । बिहीबार भवन हस्तान्तरण भएको वडाध्यक्ष यामबहादुर घर्तीले बताए ।

वडा भवन बनाउन मुदीका पूर्वप्रधानपञ्च गङ्गलाल घर्तीले दुई रोपनी १६ आना र रेशमबहादुर घर्तीले तीन आना जग्गा दान गरेका थिए । गाउँपालिकाले यसअघि मुदीमा २०८१ मा रु ८९ लाखको लागतमा दुईतले सातकोठे स्वास्थ्य चौकीको भवन निर्माण गरेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि