२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

गंगालालको कार्यकारी निर्देशकमा डा. मल्ल नियुक्त

३ माघ, काठमाडौं । शहीद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले डा. मल्ललाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ११ पुसमा डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए । मन्त्रालयकै प्रस्तावमा सरकारले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यस्तै नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि