नुवाकोट, १७ पुसः लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
लायन्स क्लब इन्टरनेशनका निवर्तमान निर्देशक बालकृष्ण बुर्लाकोटी, लायन्सको ‘डिस्ट्रिक्ट गभर्नर’ विनोद ढुङ्गाना र परियोजना संयोजक एवं ‘लायन्स क्लब अफ ओमकारका प्रेसिडेन्ट रामहरि सिलवालसहितको टोलीले गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया र उपाध्यक्ष वीरबहादुर तामाङलगायतलाई सो सामग्री हस्तान्तरण गरेको हो ।
शिवपुरी–५, चालिसेस्थित अस्पतालमा लायन्स क्लब अन्तरराष्ट्रिय फाउण्डेशनका साथै ‘लायन्स क्लब अफ ओमकार र लायन्स क्लब अफ मिडटाउन’ को सहयोगमा ती सङ्कलित ती स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।







