१४ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

५५ वर्षीय बेवारिसे महिलाको मानवसेवा आश्रमद्वारा उद्धार

काठमाडौँ। मानवसेवा आश्रमको उद्धार टोलीले बुधबार काठमाडौँको चाबहिलस्थित गणेशमन्दिर क्षेत्रबाट एक जना मनाेराेगी महिलाको उद्धार गरेको छ। नाम–थर नखुलेकी अन्दाजी ५५ वर्षीय ती महिलाबारे नेपाल प्रहरीले जानकारी गराएपछि उद्धार गरी मानवसेवा आश्रम रानीवन शाखाको संरक्षणमा राखिएको हो।

उद्धारका क्रममा ती महिला मानसिक रूपमा कमजोर तथा असहाय अवस्थामा फेला परेकी थिइन्। हालसम्म उनको पारिवारिक पृष्ठभूमि पहिचान हुन नसकेको मानवसेवा आश्रमले जनाएको छ। उद्धारपश्चात आश्रममा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण सम्पन्न गरिएको छ भने आवश्यक उपचार, नियमित पालनपोषण तथा सुरक्षित र सम्मानपूर्वक जीवनयापनको सम्पूर्ण व्यवस्था गरिएकाे छ।

सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यसहित मानवसेवा आश्रमले वि.सं २०६९ साल भाद्र १३ गते मकवानपुर जिल्लाकाे हेटौँडाबाट सेवा कार्य थालनी गरेकाे थियाे ।  आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्पलाई आत्मसात गर्दै हाल देशका सातै प्रदेशअन्तर्गत २१ जिल्लामा २९ वटा शाखा सञ्चालन गरी निरन्तर सेवा प्रवाह गरिरहेकाे छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि