५ माघ २०८२, सोमबार
मुख्‍य समाचार लुम्बिनी समाचार

मानवसेवा आश्रम नेपालगञ्ज शाखाको आयव्यय विवरण सार्वजनिक

नेपालगञ्ज। मानवसेवा आश्रम नेपालगञ्ज शाखाले आर्थिक वर्ष ०८१/०८२ को आयव्यय विवरणसहित प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। बुधबार नेपालगञ्ज उपमहानगरपालिका-१०, आदर्श नगरस्थित शाखाको प्राङ्गणमा सरोकारवाला निकाय, सहयोगी दाता, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र आश्रमका अभिभावकहरूको उपस्थितिमा साे कार्यक्रम सम्पन्न हाे ।

कार्यक्रममा आश्रमले आफ्नो एक वर्षभरि आयव्यय विवरणसँगै, सम्पन्न सेवा गतिविधि, उद्धार तथा पारिवारिक पुनर्मिलन सेवा तथा वित्तीय अवस्था सार्वजनिक गरेको थियो। विवरणअनुसार, दाताबाट प्राप्त सेवा योगदान १ करोड १७ लाख ९४ हजार ३ सय ६२ रहेको छ भने जम्मा सेवा खर्च ८५ लाख १९ हजार १ सय ३० रहेको छ। यस अवधिमा ३२ लाख ७५ हजार २ सय ३२ रूपैयाँ बराबरको घाटा देखिएको छ। पुँजीगत तर्फ आम्दानी ५९ हजार ६ सय ४० रूपैयाँ र जम्मा पुँजीगत खर्च  ८ लाख १५ हजार ९ सय १८ रूपैयाँ विवरणमा उल्लेख छ।

त्यसै गरी शाखाकाे अक्षयकोषमा २ लाख ३३ हजार ६ सय ६७ रहेको छ । शाखा सञ्चालनकाे लागि बाँके जिल्लामा रहेकाे जानकी गाउँपालिकाबाट ९८ हजार ५ सय ३५ रूपैयाँ, नेपालगञ्ज उपमहानगरपालिकाबाट ५ लाख ९१ हजार २६ रूपैयाँ  र बाँसगढी नगरपालिकाबाट ३० हजार रूपैयाँ सेवा योगदान प्राप्त भएको छ। शाखाकाे कुल सम्पत्ति १ करोड ७ लाख ९६ हजार ३ सय ४५ रूपैयाँ रहेको छ भने कुल सञ्चित कोषमा ११ लाख ७३ हजार ७ सय ९१ रूपैयाँ रहेको छ।

नेपालगञ्ज-१०, आदर्श नगरमा वि.सं २०७९ साल वैशाख १ गतेदेखि सेवा सुरू गरेकाे शाखाले हालसम्म १ सय ९३ जनाको उद्धार र ६६ जनाको पारिवारिक पुनर्मिलन गरिसकेको छ। हाल शाखामा १८ महिला र ४१ पुरुष गरी ५९ जना आश्रित संरक्षणमा रहेका नेपालगञ्ज शाखाले जनाएकाे छ ।

सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा वर्ष २०८२ को लक्ष्यअनुसार, मानवसेवा आश्रम बाँके शाखाले प्रत्येक शनिबार रात्रिकालीन सडकसेवा सञ्चालन गर्दै आएको छ। यस अभियानमार्फत बाँके जिल्लालाई औपचारिक रूपमा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला घोषणा गरिने भएकाे छ ।

मानवसेवा आश्रमले वि.सं २०६९ साल भदौ १३ गते मकवानपुरकाे हेटौँडाबाट सेवा शुभारम्भ गरेकाे हो।  सडकपेटी तथा सार्वजनिक स्थलमा जाेखिमपूर्ण अवस्थामा जीवन बिताइरहेका  केही र काेही नहुने सहयोगापेक्षी  व्यक्तिहरूकाे उद्धार गरी खाना, नाना, छानाको समुचित व्यवस्था गर्न आश्रमले हाल देशका २१ जिल्लामा २९ वटा शाखा विस्तार गरी सेवा प्रदान गरिरहेकाे छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि