१ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत १७ पुसः बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । बाँझो र जङ्गलले भरिएको खेतबारीमा झाँडी फाँडेर उहाँले सुन्तलाखेती लगाएका हुन ।

करिब एक सय रोपनी क्षेत्रफलमा रु एक करोड लगानी गरेर गुरुङले सुन्तलाखेती गरेका हुन् । उनको बगैँचामा तीन हजार २०० सुन्तलाका बोट छन् । तीमध्ये अहिले करिब ५० प्रतिशत बोटले फल दिन थालेका उनले जानकारी दिए ।

स्थानीय बिजु जातका बिरुवा लगाएको बताउँदै गुरुङले सुरुमा परीक्षणका रूपमा खेती गरे पनि पछिल्लो दुई वर्षदेखि व्यावसायिक उत्पादन गर्न थालेको जानकारी दिए । उनका अनुसार गत वर्ष रु पाँच लाख आम्दानी भएको थियो ।

पाकेका सुन्तला टिपेर बजार पठाउन सुरु गरेका छौँ, अहिले नै कति आम्दानी हुन्छ भन्ने यकिन भइसकेको छैन, कुश्माबजारमा आयोजित पर्वत महोत्सवमा बच्छेश्वर कृषि तथा पशुपक्षी फार्मको स्टल सञ्चालन गर्नुभएका गुरुङले भने, खेर गएको माटो सदुपयोग गरी गाउँमा प्रशस्त आम्दानी गर्ने उद्देश्यले सुन्तला लगाएको हुँ । उनका अनुसार फार्ममा एउटै सुन्तला तीन सय ५० ग्राम सम्मका फलेका छन् ।

ठूला र आकर्षक गोटा भएकाले प्रतिकिलो रु एक सय ५० मा बिक्री भइरहेको गुरुङले जानकारी दिए। गाउँबाट थोक विक्रेतालाई भने रु एक सय २० मा बिक्री गर्ने गरेको उनले बताए । फार्मसम्म पुग्ने सडकको अवस्था जोखिमयुक्त भएकाले सुन्तला ढुवानीमा समस्या परेको उनको भनाइ छ ।

मुस्किलले फार्मभन्दा केही तलसम्म सडक पुगेको छ, तर कच्ची सडक भएकाले ठूला सवारीसाधन आउनजान नसक्दा बजार पठाउन समस्या हुन्छ, गुरुङले भए। उनले सुन्तलासँगै निबुवा, कागती र बेसार पनि लगाएका छन् । कागती र निबुवाको चुक तथा अमिलो र बेसारको धुलो घरमा तयार गरेर बिक्री गरिरहेको उनले बताए ।

व्यावसायिक कृषिमा लागेको छोटो समयमै निर्माण व्यावसायबाट भन्दा कृषि कर्मबाट प्रस्शस्त आम्दानी गर्न सफल भएको उनको भनाइ छ । यो पेसामा पहिलेदेखि लाग्नुपर्ने रहेछ । अहिले पनि ढुवानीको भने समस्या छ । सडक सुविधा सहज भएमा ढुवानीको समस्या अन्त्य हुने थियो, उनले भने ।

फार्म सुरु गरेपछि कृषि ज्ञान केन्द्रले बिरुवा र ढुवानीमा अनुदान दिनुका साथै बिहादी गाउँपालिकाले क्यारेटलगायत आवश्यक सामाग्री सहयोग गरेको गुरुङले जानकारी दिए । उनले बगैँचामा रहेका सबै बोटले फल दिँदा वार्षिक रु ५० लाखभन्दा बढी आम्दानी गर्न सकिने बताए । एक पटक लगानी गरेपछि वर्षौँसम्म आम्दानी लिन सकिने सुन्तला वास्तवमै सुनजस्तै फल रहेको उनको अनुभव छ ।

सडकको पहुँच पुर्‍याइदिन पटकपटक स्थानीय सरकारलाई अनुरोध गरे पनि सुनुवाइ नभएको गुरुङले गुनासो गरे । सडकको सहज पहुँच पुग्ने हो भने बगैँचालाई अझै आधुनिक किसिमले विस्तार गर्ने योजना रहेको उनले बताए । गाउँमै रहेको माटोमा पसिना बगाउने हो भने रोजगारी र आम्दानीका लागि विदेश पलायन हुनु नपर्ने उनको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि