१ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार

मानवसेवा आश्रम लमजुङ शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग

लमजुङ । मानवसेवा आश्रम लमजुङ शाखाको निर्माणाधीन भवनका लागि आर्थिक सहयोग प्राप्त भएको छ।

मंगलबार बेसिशहर नगरपालिका–०८, तल्लो पाखाथोक निवासी निरमाया रावलले स्वर्गीय श्रीमान् दलबहादुर रावलको स्मृतिमा मानवसेवा आश्रम लमजुङ शाखाको भवन निर्माणका लागि नगद  २५ हजार ५सय ५ रूपैयाँ सहयोग प्रदान गर्नुभएको हो। उक्त सहयोगप्रति मानवसेवा आश्रमले हार्दिक आभार व्यक्त गरेको छ।

मानवसेवा आश्रम लमजुङ शाखाको स्थापना वि.सं  २०७३ चैत १२ गते बेसिशहर-७ मा भएको हो। स्थापनाकालदेखि हालसम्म शाखाले १ सय ४६ जनाको उद्धार गरिसकेको छ भने ५९ जनाको सुखद पारिवारिक पुनर्मिलन गराइसकेको छ। हाल आश्रममा १३ महिला र १२ पुरुष गरी २५ जना आश्रित रहेका छन्।

आश्रितहरूको  संरक्षण तथा व्यवस्थापनका लागि हाल आश्रमको आफ्नै भवन निर्माण कार्य थालनी भइरहेको छ। निर्माण सम्पन्न भएपछि उद्धार गरिएका सहयोगापेक्षी व्यक्तिहरूलाई अझ व्यवस्थित र मर्यादित ढंगले संरक्षण गर्ने लक्ष्य रहेकाे आश्रमले जानकारी दिएकाे छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि